नियम
कोषको स्थापना

(१) आर्थिक दृष्टिले कमजोर तथा विपन्न वर्गका एकल महिलाको हित र संरक्षण गर्ने काम समेतको लागि एकल महिला सुरक्षा कोष नामको एक कोष स्थापना गरिएकोछ ।
(२) कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन् :–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार, व्यक्ति वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त रकम,
(ग) स्वदेशी व्यक्ति वा संघ, संस्थाबाट प्राप्त रकम,
(घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपनियम (२) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।